हिमपातले जनजीवन प्रभावित 


दयाराम पण्डित, बाजुरा । 

लगातारको हिमपातले बाजुरा हिमाली भू-भाग लगायत शुदुरपश्चिम  र कर्णाली प्रदेशको जनजीवन प्रभावित भएको छ । गत शुक्रवार देखि निरन्तर हिमपात भएपछि  अत्यधिक चिसोले जनजीवन  नराम्री प्रभावित भएको छ । एक ठाउँ बाट अर्को ठाउँमा आवागमन गर्न समस्या भएको छ  । जिल्लाको उत्तर पूर्वी कुण्डा क्षेत्र मा टेलिफोन सम्पर्क विच्छेद बिच्छेद बनेका छन् ।

चिसो बढेपछि बाजुराको सदरमुकाम मार्तडी, हिमाली  हुम्लाको सदरमुकाम सिमकोट लगायतको जनजीवन प्रभावित भएको छ । अत्यधिक चिसोले दैनिक काममा समस्या भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।निरन्तरको हिमपातले नेपालगन्ज बाट बाजुरा, हुम्ला, जुम्ला, डोल्पा, मुगुमा हुने नियमित उडान सेवा बन्द भएका छन् । दैनिक नेपालगन्ज बाट ३० देखी ४० सम्म हुने उडान सेवा बन्द भएको नागरिक उड्डयन प्राधिकरण नेपालगन्जले जनाएको छ । उडान गर्न खोज्दा पनि प्रतिकुल मौसमले हुने नसकेको नागरिक उड्डयन प्राधिकरण नेपालगन्जले जनाएको छ ।

हवाई सेवा अवरोध भएपछि नेपालगन्जमा रहेको हुम्ला ताजाकोट मैला गाउँपालिका ३ का रमेश भण्डारीले बत्ताएका छन् । दैनिक एयरपोर्ट जाने गरेको छु, सधैँ जहाज रद्ध हुने गरेको अझै कति समय लाग्ने हो उनले भने । सडक यातायात नपुगेको हुम्लामा एक मात्र हवाई सेवा रहेको छ । त्यस्तै हिमाली र पहाडी भेगमा सडकहरू बन्द भएका छन् । मार्तडी कोल्टी सडक खण्ड दुई देखी बन्द भएको बुढिन्नदा नरपालिका २ का नन्दराम विष्टले बताउनुभयो ।  स्थल र हवाई मार्ग सबै बन्द रहेको उहाँले भन्नुभयो  ।

 

बाजुराको उत्तरी क्षेत्रका ४ वटा स्थानीय तह हुम्ला, मुगुका केही क्षेत्र सञ्चार विहीन बनेका छन् । टावरमा रहेका सोलारका ब्याट्रीमा चार्ज नभएपछि सञ्चार विहीन बनेका टेलिकम बाजुराले जनाएको छ । उत्तरी क्षेत्रका ४ स्थानीय तह हुम्ला, मुगु र कालिकोटका केही टावरमा लिंङ्क भएको पोरखे टावरमा बिद्युत् पावर नउद्या टावर सञ्चालन आउन नसकेको टेलिकम बाजुराले जनाएको छ । ती क्षेत्रमा फोन र इन्टरनेट नहुँदा स्थानीय तहको काम काज प्रभावित भएको छ ।

बाजुराका उत्तरपूर्र्वी क्षेत्रमा तिन दिन देखि हिमपात हुँदा नेपाल टेलिकमका कालाजग्रा, जगन्नाथ,  र कोल्टी लगायतका  टावरका पाता हिउँले ढाकिएका छन् । तिन दिन भयो कोल्टीक्षेत्रमा टेलिफोन सञ्चार नहुँदा अर्कै संसारमा भएको महसुस भएको छ पत्रकार नहकुल जोशीले भन्नुभयो ।

चिसाको कारणले हिमाली भेगका गाउँमा बस्न नसकिने अवस्था भएपछि केही बस्ती बेसी तिर झरेको छन् । बझाङको खप्तड छान्ना  गाउँपालिकामा पनि चिसोले जनजीवन प्रभावित बनेको स्थानीय उत्तम हमालले बताउनुभएको छ ।  कर्णालीका हुम्ला, मुगु, जुम्ला, कालिकोटमा चिसोले भाइरलका बिरामी समेत बढेका छन् । चिसोका कारणले रुघाखोकी, ज्वरोका बिरामी बढेको स्वास्थ्य  कर्मीले बत्ताएका छन् । चिसो मौसममा अत्या आबस्यक काम बाहेक बिहान घरबाहिर ननिस्किन स्वास्थ्यकर्मीको सुझाव  छ ।