‘सशस्त्र प्रहरीको योगदान अतुलनीय’

0
Shares

डोटी ।

डोटीका प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले सीमा क्षेत्रसहित दैविक प्रकोपमा सशस्त्र प्रहरीले उल्लेख्य भूमिका निर्वाह गर्दै आएको बताउनुभएको छ । सशस्त्र प्रहरी बलको २१औं स्थापना दिवसका अवसरमा डोटीको दिपायलमा रहेको सशस्त्र प्रहरीको ३६ नम्बर गणले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले देश र नागरिकका लागि सशस्त्र प्रहरीले गरेको योगदान अतुलनीय रहेको बताउनुभउको हो ।

‘आफ्नो स्थापना कालको छोटो समयमा सशस्त्र प्रहरीले देश र जनताका लागि निकै राम्रो काम गरेको छ ।’ प्रजिअ विष्टले भननुभयो । उता सशस्त्र प्रहरीको ३६ नम्बर गणका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक हर्कबहादुर विष्टले सशस्त्र प्रहरी देश र नागरिकका लागि अहोरात्र खटिँदै आएको र आवश्यक परेका बेला जुनसुक्कै समयमा पनि खटिने बताउनुभयो । ‘देश र नागरिकका हितका लागि हामी जस्तोसुक्कै परिस्थितिको सामना गर्न तयार छौं’, उहाँले भन्नुभयो– ‘हाम्रो काम भनेकै देश र जनताको सुरक्षा गर्नु हो ।’

उक्त कार्यक्रममा गणमा उत्कृष्ट कार्य गर्ने दुई जना सशस्त्र प्रहरी जवानलाई नगदसहित प्रशंसापत्रले सम्मान पनि गरिएको थियो ।