बाजुरामा निःशुल्क पीसीआर सेवा

0
Shares

बाजुरा, (नेस) ।

बाजुरा जिल्लामा पीसीआर जाँच सेवा निःशुल्क गरिएको छ । जिल्ला अस्पताल बाजुराले कोभिड जाँच गर्न निःशुल्क पीसीआर ल्याब सञ्चालनमा ल्याएको हो । बाजुरा जिल्ला अस्पतालले सञ्चालमा ल्याएको पीसीआर ल्याबमा कोरोना जाँच निःशुल्क गर्ने गरेको जिल्ला अस्पताल बाजुराका प्रमुख डा. प्रकाशराज जोशीले बताउनुभयो । जिल्ला अस्पताल बाजुराले कोभिड जाँचको लक्षित गर्दै पीसीआर ल्याब सञ्चालनमा ल्याएको १ महिना बढी भइसकेको उहााको कथन छ । सेवा सञ्चालन आएपछि अस्पतालले १ सय ७६ जनाको पीसीआर जाँच गरिसकेको छ । जसमध्ये ५० जनालाई पोजेटिभ देखाएको थियो ।

अन्यत्र सरकारी अस्पतालमा पीसीआर जाँच गरेको ८ सय र निजीमा २ हजार बढी रकम लिने गरेको गरेको भए पनि जिल्ला अस्पताल बाजुराले भने निःशुल्क जाँच गरेको हो । पीसीआर गरेबापत सरकारीमा ८ सय रुपियाँ र प्राइभेटमा २ हजार रुपियाँ तोकिएको छ । तर, बाजुरामा प्राइभेट क्षेत्रमा पीसीआर चेक नहुने डाक्टर जोशी बताउनुहुन्छ । कोभिडको आशंका भएका तथा विपन्नको निःशुल्क जाँच गरिने गरेको छ । ‘पीसीआर निःशुल्क हुँदा आर्थिक अवस्था कमजोर भएका बिरामीलाई निकै सहज भएको छ’, वडा सदस्य प्रयागराज जैशी भननुहुन्छ ।

लामो समयको प्रयासपछि दुई महिना पहिला मात्र पीसीआर ल्याब सुचारु भएको थियो । कोभिड जाँचका लागि योभन्दा पहिला धनगढी, डोटीलगायत जिल्लामा जानुपर्ने बाध्यता थियो । पीसीआर ल्याब सञ्चालनका लागि संघीय सरकार, प्रदेश सरकारले लगानी गरेको छ ।