उत्कृष्ट कार्यसम्पादन गर्नेलाई सम्मान

0
Shares

गुल्मी ।

गुल्मीदरबार गाउँपालिकाले पालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेसहित १५ जनालाई सम्मान गरिएको छ । शनिबार गाउँपालिकाको नवौं गाउँसभामा गाउँपालिकाभित्र रहेका विभिन्न कार्यालयमा उत्कृष्ट कार्यसम्पादन गर्नेलाई सम्मान गरेको हो ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेसहित १५ जनालाई सम्मान गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत पाण्डेलाई गुल्मीदरबार गाउँपालिकामा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै सम्मान गरेको थियो । सम्मानित हुनेहरुमा प्रमुख प्रशासकीय अधिकृत पाण्डे, सामाजिक विकास शाखा प्रमुख नवराज घिमिरे, स्वास्थ्य संस्थाहरुको तर्फबाट जुनकला बस्नेत, प्रधानाध्यापकहरुको तर्फबाट नेत्रप्रसाद ज्ञवाली, आधारभूत प्रधानाध्यापकहरुबाट पार्वती बस्नेत रहेका छन् । त्यस्तै, प्राविधिकहरुबाट सबइन्जिनियर विक्रम बस्नेत, वडाको कार्यालय सहयोगीबाट दिनेश श्रेष्ठ, गाउँपालिकाको कार्यालय सहयोगीबाट गोमा खत्री रहेका छन् ।

गाउँपालिकाले कोरोना महामारीमा सहयोग गरेको भनेर अनिता खत्री, एम्बुलेन्स चालक, महेन्द्र कार्की, सवारीचालक गाविन्द थापा, सूचना सहायक प्रकाश थापा, टीकाराम पराजुली, वडा सचिव माया टण्डन, घनश्याम चुँदालीलाई सम्मान गरेको गाउँपालिकाका शाखा अधिकृत टंक पन्थीले बताउनुभयो । सम्मानित हुने सबैलाई गाउँपालिका कार्यवाहक अध्यक्ष मीना भण्डारीले सम्मानपत्रले सम्मान गर्नुभएको थियो ।