‘युरो–६ लागू गरे समस्या निम्तन्छ’

0
Shares

कनठमाडौं, (नेस) ।

नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले बिनातयारी सवारी तथा यातायातका सवारीसाधनहरूमा सवारी प्रदूषण मापदण्ड युरो–६ लागू गरे त्यसले समस्या निम्तने जनाएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै नाडाले यस्तो जनाएको हो ।

पत्रकार सम्मेलनमा नाडाका अध्यक्ष ध्रुव थापाले युरो–४ लागू गर्न तयार रहेको तर एकैपटक युरो–६ मा जानुभन्दा क्रमिकरूपमा जानुपर्ने बताउनुभएको थियो । नाडाले युरो–३ बाट अहिले ४ र पछि ६ लागू गर्नुपर्ने जनाएको छ ।

युरो–६ मा जान अहिले नै देशमा उपयुक्त पूर्वाधार तथा दक्ष प्राविधिक जनशक्ति पनि तयार भइनसकेको नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ बताउनुहुन्छ । हाल कार्यान्वयमा रहेको युरो ३ पछि युरो ४ लागू नगरी युरो ६ मा जाँदा लागत पनि बढ्ने उहाँको भनाइ छ । प्राविधिक पक्षमा बलियो हुन अझै दुई वर्ष लाग्ने श्रेष्ठको कथन छ । युरो–६ लागू हुँदा कमर्सियल भेहिकलको मूल्य ४० प्रतिशतसम्म बढ्न सक्ने देखिन्छ ।