काठमाडौं, (नेस) ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा खोप अभियान एक साताका लागि स्थगित भएको छ । अस्पतालका ५० बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कोभिड–१९ बाट संक्रमित भएपछि खोप अभियान स्थगित गरिएको अस्पतालले जनाएको छ ।
अस्पतालले हिजो आइतबार विज्ञप्ति जारी गर्दै आज सोमबारदेखि आगामी आइतबारसम्म एक साताका लागि खोप अभियान स्थगित भएको जनाएको छ । उपत्यकाका अधिकांश अस्पतालका चिकित्सक र नर्समा कोरोना संक्रमण देखिन थालेको छ ।
दैनिक सयौंको संख्यामा कोरोना परीक्षण हुने सो अस्पतालमा परीक्षण रोकिएपछि उपत्यकामा परीक्षण संख्या घट्ने देखिएको छ । अस्पतालले संक्रमित चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई निको हुन करिब एक साता लाग्ने भएकाले एक साताका लागि परीक्षण स्थगित गरेको जनाएको छ ।











प्रतिक्रिया