बैतडीमा पूर्ण खोप लगाउनेको संख्या १ लाख नाघ्यो

0
Shares

बैतडी ।

बैतडीमा पूर्ण खोप लगाउनेको संख्या १ लाख नाघेको छ । स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति चन्दन सुवेदीका अनुसार १ लाख ५ हजार ६ सय ५८ जनाले पूर्ण खोप लगाएका छन् । यस्तै पहिलो मात्रा लगाउनेको संख्या भने १ लाख ३९ हजार ९ सय ८५ रहेको छ । पछिल्लो विवरणअनुसार पुर्चौंडी नगरपालिकामा २० हजार ५ सय ६८ जनाले पहिलो मात्रा र १२ हजार ७ सय ७२ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।

सदरमुकामस्थित दशरथचन्द नगरपालिकामा २४ हजार १ सय ६७ जनाले पहिलो मात्रा र २२ हजार १ सय १८ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । डिलाशैनी गाउँपालिकामा १७ हजार ७ सय ३३ जनाले पहिलो मात्रा र ८ हजार ४ सय ४३ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।

यसै गरी, जिल्लाको पाटन नगरपालिकामा १५ हजार ३ सय १८ जनाले पहिलो मात्रा र २१ हजार ६ सय ६७ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । मेलौली नगरपालिकामा १३ हजार ६ सय ५९ जनाले पहिलो मात्रा र ७ हजार ४ सय १० जनाले पूर्ण मात्रा खोप लगाएका छन् । दोगडाकेदार गाउँपालिकामा १३ हजार ८ सय १८ जनाले पहिलो मात्रा र ८ हजार ५ सय ९५ जनाले पूर्ण मात्रा पाएका छन् । सिगास गाउँपालिकामा ९ हजार ८८ जनाले पहिलो मात्रा र ६ हजार ४ सय ९ जनाले पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

सुर्नया गाउँपालिकामा ९ हजार ३ सय १४ जनाले पहिलो मात्रा र ६ हजार ७ सय ८४ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । पञ्चेश्वर गाउँपालिकामा ८ हजार ९ सय ७० जनाले पहिलो मात्रा र ६ हजार ९ सय ९५ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । शिवनाथ गाउँपालिकामा ७ हजार ३ सय ५० जनाले पहिलो मात्रा र ४ हजार ४ सय ६५ जनाले पूर्ण मात्रा खोप लगाएका स्वास्थ्य कार्यालयले तथ्याङ्कमा जनाइएको छ । सरकारले यसअघि खोप लगाउन छुटेको सबै नागरिकलाई खोप लगाउन समेत अनुरोध गरेको छ ।