चाँदीको घेरामा रारा !

0
Shares

मुगु ।

रारा क्षेत्रमा परेको भारी हिमपातले यस तालको वरिपरि हिउँको घेरा छ । चाँदीको घेरामा डुबुल्की मारेको जस्तै देखिन्छ राराले । राराक्षेत्रमा एक फिटभन्दा बढी हिउँ जमेको छ ।

हिमपातमा राराको मज्जा लिन सदरमुकाम गमगढीबाट हिमापत हुँदाहुँदै पनि शुक्रबार धेरै युवा हिउँ खेल्न रारा पुगेका थिए । शनिबार पनि सदरमुकामबाट दर्जनौं युवा रारा पुगे । बीचमा राराको निश्चल पानी किनारछेउ र जंगलभरि जमेको हिउँ हेर्दा सेतो कार्पेट बिच्छाई राराकी अप्सरा सुनसान बसेको भान भएको शुक्रबार रारामा हिउँ खेल्न पुगेका सदरमुकाम गमगढीका असल बलमे बताउनुभयो ।

हिउँमा रमाउनेहरुका लागि राराक्षेत्र यो समय उपयुक्त हो । २९ सय २९ फिट उचाइमा रहेको राराताल पुसदेखि फागुनसम्म सेताम्मे हुन्छ । जेठदेखि साउनसम्म विभिन्न जातका फूलले ढकमक्क हुने, विभिन्न रूपरङ्गका चराले मधुर संगीत दिने गरेको रारा डाँफे होटलका सञ्चालक जगत् भाम बताउनुहुन्छ । केही वर्षयता हवाई तथा सडक यातायात सहज भएपछि आन्तरिक पर्यटकको संख्या वृद्धि हुने गरेको भए पनि बासस्थानका कारण एकपटक आएको पर्यटक पुनः आउन नमान्ने गरेको स्थानीयको कथन छ ।