कार्तिक नाचको संरक्षणकालागि एक करोडको अक्षयकोष

0
Shares

ललितपुर । ललितपुर महानगरले ऐतिहासिक, सांस्कृतिकसँगसँगै धार्मिक महत्वका जात्रा, नाच संरक्षणकालागि अक्षयकोष स्थापना गर्न आर्थिक सहयोग गरेको छ ।

आर्थिक अभावमा यीअमूर्त सम्पदाको अस्तित्व संकटमा नपरोस् भन्दै महानगरले अक्षयकोष स्थापनाकालागि सहयोग गरेको हो ।
यसै क्रममामहानगरले शनिवार कात्र्तिक नाचको अक्षयकोषकालागि ५० लाख हस्तान्तरण ग¥यो । महानगरले आर्थिक वर्ष २०७८÷७९को बजेटबाट उक्त रकम हस्तान्तरण गरेको हो । अघिल्लो वर्ष महानगरले आर्थिक वर्ष २०७७÷७८को बजेटबाट ५० लाख हस्तान्तरण गरेको थियो । कात्र्तिक नाचको अक्षयकोष अब एक करोडको पुगेको छ ।

ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले आर्थिक अभावमा ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्वका जात्रा, नाचहरुको अस्तित्व संकटमा परेकाले अक्षयकोषकालागि सहयोग गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो– अघिल्लो वर्ष मैलै कात्र्तिक नाचलाई एक करोडको अक्षयकोष बनाउन सहयोग गर्छु भनेको थिएँ, अघिल्लो वर्ष ५० लाख र अहिले ५० लाख हस्तान्तरण गरेँ, निकै खुशी छु । ’

कात्र्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले ललितपुर महानगर प्रमुखले प्रतिबद्धता अनुसार अक्षयकोषकालागि रकम हस्तान्तरण गरेकोमा धन्यवाद दिनुभयो । उहाँले भन्नुभयो– अब आर्थिक अभावमा नाच रोकिदैंंन, अब यसलाई बढाएर बढाएर १० करोड बनाउँछौं। ’
ललितपुर महानगर वडा नं १६का अध्यक्ष निर्मलरत्न शाक्यले सम्पदा संरक्षणमा महानगरले उदाहरणीय काम गरेको बताउनुभयो ।
वडा बजेटबाट कात्र्तिक नाचको अक्षयकोषकालागि १० लाख हस्तान्तरण गरिसकेको जानकारी दिनुभयो ।
हरिसिद्धि भवानी देवी नाचको अक्षयकोषकालागि २५ लाख हस्तान्तरण भइसकेको छ भने आर्थिक वर्ष २०७८÷२०७९ मा पनि २५ लाख प्रदान गर्ने महानगरले जनाएको छ । खोकनामा देखाइने रुद्रायणी नाचकालागि महानगरले २५ लाख हस्तान्तरण गरिसकेको छ । त्यसैगरी आर्थिक वर्ष २०७८÷२०७९ मा २५ लाख प्रदानगर्ने कार्यक्रम रहेको छ ।

यसैक्रममा महानगरले दसैंका बेला देखाइने खड्ग जात्राको अक्षयकोषकालागि २५ लाख छुट्याएको छ । २४ वर्षसम्म स्थगित भएको यो जात्रा चार वर्ष अघिबाट देखाउन सुरु गरिएको छ । महानगर प्रमुख महर्जनले अक्षयकोष हुँदा जात्रा, नाचको निरन्तरतामा खर्च जुटाउन मुश्किल नहुने बताउनुभयो ।