ज्येष्ठ नागरिकलाई सहयोग

0
Shares

दोलखा, (नेस) ।

नेकपा एमाले शैलुङ गाउँपालिका–८ दोलखाले जेष्ठ नागरिक, एकल महिला तथा अपाङ्गता भएका नागरिकसहित ३ सय १० जनालाई न्यानो कपडा (ज्याकेट) वितरण गरेको छ । दोलखाको उच्च भेगमा रहेका नागरिकलाई जाडो मौसममा थोरै भए पनि राहत हुन सक्ने अपेक्षासहित काठमाडौं सम्पर्क मञ्च वडा नम्बर ८ कमिटिको सहयोगमा न्यानो कपडा (ज्याकेट) वितरण गरिएको नेकपा एमाले शैलुङ गाउँपालिका–८ का वडा कमिटि अध्यक्ष मोहनसिंह तमाङले बताउनुभयो ।

यसअघि लकडाउनका बेलामा पनि काठमाडौंमा रहेका नागरिकलाई गाउँसम्म पुर्याउन यातायात खर्चबापत १ लाख ५० हजार सहयोग गरेको उहाँको भनाइ छ । त्यसै गरी, वडाका एकल महिला, गरिब तथा विपन्न परिवारका झण्डै एक सय जनालाई विदेशमा रहेका युवाको सहयोगमा दाल, चामल, तेललगायतका खाद्यान्न वस्तु सहयोग गरेको थियो ।

त्यस्तै, मेरुदण्ड भाँचिएर अपाङ्ग भएका शैलुङ गाउँपालिका–८ का शङ्कर कार्कीलाई ३८ हजार ४९ रुपियाँ सहयोग सङ्कलन गरी हस्तान्तरण गरेको अध्यक्ष तमाङको कथन छ ।