विपन्नलाई न्यानो कपडा

0
Shares

डोटी ।

डोटीको बडिकेदार गाउँपालिकामा एकाएक मौसममा आएको परिर्वतनसँगै चिसो बढेका कारण नागरिकलाई समस्या भएको भन्दै ४० घरपरिवारलाई न्यानो कपडा (ब्लाङ्केट) वितरण गरिएको छ । भागरथी निर्माण सेवा धनगढी–५ कैलालीका प्रोपराइटर तथा नेपाल तरुण दल बडिकेदार गाउँपालिका अध्यक्ष केशव बमको आर्थिक सहयोगमा उक्त कपडा वितरण गरिएकामे हो ।

पालिकाको वडा नं २ का सायल, गतेपसेला र सिर्सी गाउँमा रहेका विपन्न परिवार, बालबालिका तथा दलित गरी कुल ४० घर–परिवारलाई न्यानो कपडा (ब्लाङ्केट) वितरण गरेको स्थानीयवासी तथा सञ्चारकर्मी चक्र मल्लले जानकारी दिनुभयो । चिसोको समयमा न्यानो कपडा आफूहरुलाई निकै राहत भएको बडिकेदार–२ की पबिसरा सार्कीले बताउनुभयो ।

‘चिसो अत्यधिक बढेको छ, घरमा ओड्ने ओछ्याउनेको समस्या थियो, आज निःशुल्क ब्लाङ्केट पाउँदा निकै ठूलो राहत महसुस भएको छ ।’ –उहाँले भन्नुभयो । जल्लाका अन्य ठाउँमा रहेका विपन्न परिवारलाई पनि राहतस्वरूप न्यानो कपडा वितरण गरियोजना गरेको नेपाल तरुण दल बडिकेदारका अध्यक्ष बम बताउनुहुन्छ ।