थप १२ हजार ३ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि


न्युज अफ नेपाल, काठमाडौं।

नेपाल पछिल्लो २४ घण्टामा थप १२ हजार ३३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार ७ जनाको पीसीआर परीक्षण गर्दा १० हजार ५२ तथा ६ हजार ४९० नमुनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २८६ जना गरी १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप ४ जना काेराेना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म ११ हजार ६३२ जना संक्रमितकोले ज्यान गुमाइसकेका छन् ।