न्युज अफ नेपाल, काठमाडौं ।
प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले कोभिड संक्रमण उच्च गतिमा फैलिरहेको अवस्थामा तत्काल परीक्षा लिने विषयमा सोच्न निर्देशन दिएका छन् ।
निर्देशन लगत्तै त्रिभुवन विश्वविद्यालयले हाल सञ्चालन भइरहेको परीक्षा स्थगित गर्ने तयारी गरेको छ । त्रिविले सोमबारबाट हुने सबै परीक्षा स्थगित गरेको छ ।
त्रिविका रजिष्ट्रार प्रा डा पेशल दाहालले सोमबारबाट हुने परीक्षा स्थगित गरेको जानकारी दिए । उनले भने– डीनसंग भएको बैठक पछि परीक्षा स्थगित गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
प्रतिक्रिया