कर्मचारीलाई कोरोना देखिएपछि त्रिविका आधा दर्जन कार्यालय बन्द


ईश्वरराज ढकाल, काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयका कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि आधादर्जन कार्यालय बन्द भएका छन् । स्रोतका अनुसार संक्रमण देखिएपछि कार्यकारी परिषदको कार्यालय बन्द गरिएको छ । त्यसैगरी योजना तथा अनुगमन महाशाखाका कर्मचारीलाई कोरोना देखिएपछि सो कार्यालय बन्द गरिएको छ ।

त्यस्तै निरीक्षण शाखामा पनि ताला लगाइएको छ । कृषी तथा बन विश्वविद्यालय डीन कार्यालय र  शिक्षा शास्त्र  संकाय डीनको कार्यालय पनि बन्द छ । यसअघि कर्मचारी महाशाखामा तीन दिनअघि एक कर्मचारीलाई संक्रमण भएपछि बन्द गरिएको थियो ।

आज बिहीबारबाट खोलिएको एक कर्मचारीले जानकारी दिएका छन् । त्रिबिका अधिकांस महाशाखा, विभाग र शाखा कार्यालयमा कार्यरत कर्मचारीलाई कोरोना देखिएको छ । रुघाखोकी लागेपछि रजिष्ट्रार प्राडा पेशल दाहाल आइसोलेशनमा हुनुहन्छ ।