पदावधि विवाद : सेनाका उपरथी कार्कीले गरे प्रधानमन्त्रीको सचिवालयमा उजुरी

0
Shares

काठमाडौं ।

आफ्नो पदावधि थपको सिफारिस नभएको भन्दै उपरथी अनन्त कार्कीले प्रधान सेनापति प्रभुराम शर्माको सिफारिसविरूद्ध प्रधानमन्त्रीको सचिवालयमा उजुरी दिएका छन्। नेपाली सेनाका तीन जना उपरथीमध्ये दुई जनाको पदावधि थप्न प्रधान सेनापति शर्माले सिफारिस गरेका थिए ।

उपरथी कार्कीले रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवालाई सम्बोधन गर्दै मंगलबार उजुरी दिएका हुन्। कार्कीले आफूभन्दा कनिष्ठ उपरथीहरूको पदावधि थप्न सिफारिस भएको भन्दै प्रधानमन्त्रीको सचिवालयमा निवेदन दर्ता गरेका हुन् ।

प्रधान सेनापति शर्माले उपरथी सीताराम खड्का र उपरथी तारा पाण्डेको पदावधि थप गर्न सिफारिस गरेका बताइएको छ ।