पत्रकार एलबी विश्वकर्माको निधन

0
Shares

काठमाडौं ।

पत्रकार एलबी विश्वकर्माको निधन भएको छ । बुधबार राती अचानक मुटुमा समस्या देखिए पछि उनलाई उपचारका लागि पाटन अस्पताल लगिएको थियो । उनलाई अस्पतालमा पुर्याउने वित्तिकै डाक्टरले मृत घोषणा गरेका बताइएको छ ।

राति अचाजनक गाह्रो भएर पाटन अस्पताल लिएको मृतक एलबीका भाइ ललित टमाटाले बताए । ललितका अनुसार उनलाई अस्पताल पुर्याएलगत्तै डाक्टरले मृत घोषणा गरेका हुन् । क्रियाशील दलित पत्रकार संघका केन्द्रीय सदस्यसमेत रहेका एलबी टीभी टुडे टेलिभिजनमा कार्यरत थिए ।