बक्सर भुजेललाई सम्मान

0
Shares

गुल्मी ।

जिल्ला खेलकुद विकास समिति गुल्मीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी झपट भुजेललाई बुधबार सम्मान गरिएको छ । भुजेललाई लुम्बिनी प्रदेश खेलकुद परिषद् सदस्य कृष्ण प्रसाद भण्डारी लगायतले सम्मान पत्रले सम्मान गरेका हुन् । गुल्मीको रेसुङ्गा नगरपालिका वडानम्बर– ८ का निवासी भुजेल सन् १९८६ मा सम्पन्न भएको एसियाली र सन् १९८८ मा सम्पन्न अन्तर्राष्ट्रिय ओलम्पिकमा नेपालको तर्फबाट सहभागि भएका थिए ।

उनि खेल खेल्नको लागि पटकपटक हङकङ, चीन, थाइल्यान्ड, मलेसिया, बेलायत र स्कटल्यान्डमा पुगेर च्याम्पियन बन्दै गुल्मीसहित समग्र नेपालको शिर उच्च राखेका छन् । बक्सिङ खेलमा अन्तर्राष्ट्रिय स्तरमा समेत परिचित खेलाडी भुजेल ३५ वर्षदेखि निरन्तर खेल क्षेत्रमा क्रियाशील छन् ।