आजको मौसम : आंशिक बदली, हल्का वर्षाको सम्भावना

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । जसकारण सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहेको छ । पश्चिम र पूर्वी तराई भेगमा हुस्सु/कुहिरो लागेको छ।

मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर आंशिक देखि सामान्यतया बदली रहने जनाएको छ। पहाडी भेगका थोरै स्थानहरुमा हल्का वर्षाको संभावनासमेत रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ ।

शुक्रबार पनि देशभर आंशिक देखि सामान्यतया बदली रहने भएको छ। सबै प्रदेशका केही स्थानहरुमा हल्का वर्षाको संभावनासमेत रहेको महाशाखाले पुर्वानुमान गरेको छ ।