धनुषामा लुटेरा समूहद्धारा प्रहरीमाथि आक्रमण, प्रहरीका असई घाइते


न्युज अफ नेपाल, जनकपुर ।

धनुषामा प्रहरी टोलीमाथि लुटेरा समूहले आक्रमण गरेको छ । महोत्तरीको भंगहा नगरपालिका ७ बस्ने अमित पासवानको घरमा लुटपाट भइरहेको सूचना पाएपछि खटिएको गस्ती टोलीमाथि लुटेराहरुले आक्रमण गरेका हाे  । प्रहरी टोलीमाथि लुटेरा समूहले  आक्रमण गर्दा प्रहरीका असई घाइते भएका छन् ।

धनुषाका एसपी वसन्त रजौरेका अनुसार आक्रमणबाट असई पोखरेल घाइते छन् । उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएका पोखरेलको टाउकोमा १२ वटा टाँका लागेको छ ।

घटनास्थल पुगेको असई पोखरेलसहितको प्रहरी टोलीले लुटेरा समूहलाई पक्राउ गरेको थियो । उनीहरुलाई पक्राउ गरेर ल्याउने क्रममा पोखरेलमाथि आक्रमण भएको हाे । लुटपाट र आक्रमणमा संलग्‍न ५ जनालाई पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक रजौरेले बताए ।