न्युज अफ नेपाल, अर्घाखाँची ।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिका-१० धनचौरमा मेगा बैंकको शाखारहित बैंकिङ सेवा सुरु भएको छ । बैंक तथा वित्तीय सेवाको पहुँचबाट टाढा रहेका ग्रामीण क्षेत्रका बासिन्दासम्म बैंकिङ पहुँच विस्तार गर्न शाखारहित सेवा थालिएको मेगा बैंक अर्घाखाँची शाखा प्रबन्धक लक्ष्मण क्षेत्रीले बताए ।
मेगाले सेवा सुरु गरेपछि भूमिकास्थान नगरपालिका-१० का अध्यक्ष खगिश्वर पन्थीले खुसी व्यक्त गरे । शाखारहित बैंकिङ सेवाको मेयर रेशम थापाले उद्घाटन गरेका हुन् । थापाले धनचौरमा मेगाले शाखा रहित बैंकिङ सुविधा ल्याउदा नागरिकलाई बैंकिङ सेवा सहज हुने बताए ।
प्रतिक्रिया