बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा शाही पक्राउ

0
Shares

न्युज अफ नेपाल, बर्दिया ।
बर्दियामा बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जाजरकोट शिवालय गाउँपालिका ७ घर भई हाल बर्दिया गुलरिया नगरपालिका ५ बस्ने ३० वर्षीय जनक बहादुर शाही रहेका छन् ।
शाहीले यही माघ १ गते साँझ एक १५ वर्षिय बालिकालाई विभिन्न किसिमको प्रलोभनमा पारी फकाई आफ्नो कोठामा लगी जबरजस्ती करणी गरेको भन्ने सूचनाका आधारमा  जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटी गएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा उनकै कोठाबाट पक्राउ गरेको हो ।
उनलाई बर्दिया जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ ।