४ जनालाई ठक्कर दिने मोटरसाईकल चालक पक्राउ

0
Shares

न्युज अफ नेपाल, बर्दिया ।

सडकमा हिडिरहेका ४ जनालाई ठक्कर दिने मोटरसाईकल चालक पक्राउ परेका छन् । सोमबार बर्दिया गुलरिया नगरपालिका १ खैरापुर स्थित भे १० प ९०५४ नम्बरको मोटरसाईकलले ४ जनालाई ठक्कर दिई भाग्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले गुलरिया नगरपालिका ५ बस्ने ३२ वर्षीय आकाश पन्तलाई पक्राउ गरेको हो ।

उनलाई भाग्दै गरेको अवस्थामा मधुवन नगरपालिका वडा नम्बर ४ बनशक्तीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ।