प्रेस चौतारीको नवौँ राष्ट्रिय महाधिवेशन स्थगित

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा एमाले निकट पत्रकारहरूको संस्था प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशन स्थगित भएको छ । यसअघि यही माघ २२ गते देखि २३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा आयोजना गर्ने कार्यक्रम तय गरिएको महाधिवेशन कोरोनाको कारण देखाउँदै स्थगित गरिएको हो ।

गत पुस १२–१३ गते लुम्बिनीमा सम्पन्न केन्द्रीय कमिटी बैठकबाट पोखरामा महाधिवेशन गर्ने निर्णय गरिएको थियो । महाधिवेशनको तयारीमा जुटेको बेला कोरोना सङ्क्रमण निकै बढ्दै गइरहेकोले गर्दा महाधिवेशनको तयारीमा गम्भीर असर परेको प्रेस चौतारीले जनाएको छ । अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गरिएको हो ।

‘पछिल्लो समय कोरोनाबाट राजनीतिक दलका शीर्ष नेतादेखि हाम्रो गौरवशाली सङ्गठन अवस्थाका कारण प्रेस चौतारी नेपालको थुप्रै साथीहरू सङ्क्रमित हुनुभएको छ ।’, अध्यक्ष गणेश बस्नेतद्वारा जारी विज्ञप्तिमा भनिएको छ – ‘जसको कारण पूर्वनिर्धारित कार्यक्रमहरू स्थगनको निर्णयमा पुग्न हामी बाध्य भएका छौँ ।’