चाँदीका गरगहनासहित भारतीय पक्राउ

0
Shares

बारा, (नेस) ।

इलाका प्रहरी कार्यालय सिमराले ११ किलो ५ सय ग्राम चाँदीको गरगहनासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्रउ पर्नेमा भारतको विहार मोतिहारी ढाका निवासी २३ वर्षीय सुनील गुप्ता रहेका छन् ।

इलाका प्रहरी कार्यालय सिमराबाट विशेष सूचनाको आधारमा खटेको प्रहरी टोलीले उनलाई समातेको हो । जितपुर सिमरा उपमहानगरपालिका–१ स्थित नेपाल टेलिकम चोकमा वीरगन्जबाट पथलैयातर्फ जाँदै गरेको ना३३प ८५२६ नम्बरको मोटरसाइकलको तेल ट्यान्कीभित्र लुकाइएको अवस्थामा चाँदीको तयारी गरगहना फेला परेको थियो । गुप्तालाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो ।

पाउजु, हातमा लगाउने बालालगायत करिव १२ लाख ४२ हजार ९ सय ७३ रुपिया मूल्य बराबरको गरगहना बरामद गरेको उहाँको भनाइ छ । पक्राउ परेका गुप्तालाई आवश्यक अनुसन्धानको लागि प्रहरी नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ ।