मन्त्री रानाद्वारा अस्पतालको अनुगमन

0
Shares

गुल्मी ।

लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वीरबहादुर रानाले गुल्मी अस्पतालको अनुगमन गर्नुभएको छ । सोमबार विभिन्न कार्यक्रममा सहभागी हुन गुल्मी आएका उनले अस्पतालबाट हुने स्वास्थ्य उपचारका बारे अनुगमन गरेका हुन् ।

अनुगमनका क्रममा गुल्मी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर उत्तम पच्याले समग्र अस्पतालको सम्बन्धमा जानकारी गराउनुभएको थियो । गुल्मी अस्पतालमा सामाजिक सेवा इकाइमार्फत असहाय गरिबका लागि सेवा भइरहेको पनि उहाँले जनाउनुभएको थियो ।

विशेषज्ञ डाक्टरको अभाव भएकाले यसमा ध्यान दिन मन्त्री रानालाई डा. पच्याले आग्रह गर्नुभएको थियो । आर्थिक अभावमा कोभिड–१९ परीक्षण प्रयोगशाला बन्द भएको र अक्सिजन प्लान्ट गर्न विद्युतीय खर्च बढी भएको उहाँको गुनासो थियो ।

त्यस्तै, निर्माणाधिन गुल्मी अस्पतालको २० प्रतिशत भौतिक काम सकिएको पनि मन्त्री रानालाई जानकारी गराइएको छ । उक्त अस्पताल राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाइअन्तर्गतको जिल्ला आयोजना इकाइ पाल्पामार्फत भारत सरकारको आर्थिक सहयोगमा स्वच्छन्द बानियाँ जेभीले काम गरिरहेको छ ।

मन्त्री रानाले कोभिडको संक्रमण व्यापक रूपमा फैलिन नदिन तयारी गरिहाल्न डा. पच्चालाई निर्देशन दिनुभएको थियो । उहाँले गुल्मी अस्पताललाई बिरामी उपचारका लागि आउँदा झन् बिरामी हुने वातावरण भएकाले स्वच्छ, सफा र आनन्दमय वातावरण बनाउन आग्रह गर्नुभएको थिया । मन्त्री राना लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको निर्देशनमा गुल्मी अस्पतालको अनुगमन गर्न पुगेका थिए ।