जाजरकोटमा आप्रवासन सहायता कक्ष

0
Shares

जाजरकोट ।

जाजरकोटमा सुरक्षित आप्रवासन सहायता कक्ष स्थापना भएको छ । सदरमुकाम खलंगामा सामाजिक विकास कार्यालयको सहयोग तथा जिल्ला प्रशासन कार्यालय जाजरकोटको आयोजनामा आप्रवासन सहायता कक्ष सञ्चालनमा आएको हो ।

वैदेशिक रोजगारीको सिलसिलामा नेपाली युवायुवती तेस्रो मुलुक पलाएन हुने क्रम बढेको छ । विदेशमा सचेतानाको अभावमा दुःख पाउने गरेकाले विदेश जानुपूर्व सचेतनामूलक जानकारी दिन आप्रवासन सहायता कक्ष स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देबकोटाले बताउनुभयो । वैदेशिक रोजगारीमा जाँदा उमेर, वितरण, संस्थागत पहल, आवश्यक प्रमाणहरु सुरक्षित राख्नुपर्ने, तालिम तथा सुरक्षा, पूर्वतयारीको अवलम्बन, क्षतिपूर्ति, विदेशमा सम्पर्क समन्वय लगायतका कुराको ज्ञान आर्जन गरेर मात्र विदेश जानुपन उहाँको भनाइ छ ।

टेलिभिनजमार्फत वैदेशिक रोजगारीसम्बन्धी सचेतनामूलक भिडियो, बुकलेट पेपर अध्ययनका लागि कार्यालयमा राखिएको छ । ‘नेपाली अर्थतन्त्र बलियो बनाउन रेमिट्यान्सले ठूलो भूमिका खेलेको छ’, प्रजिअ देवकोटा भन्नुहुन्छ– ‘कामको सिलसिलामा बिदेसिएकालाई सहायता कक्षले ज्ञान, सीप दिएर दक्ष बनाउनेछ भन्नेमा विश्वस्त छु ।’