मेयर शाक्यद्धारा शाक्यधिता ध्यान घरको शिलान्यास 

बुद्ध जन्मेको देश भनेर गर्व गर्न सक्ने हुनलाई बुद्ध दर्शनमा लगानी: मेयर शाक्य 


काठमाडौं ।

नेपालीले आफूलाई बुद्ध जन्मेको देशमा जन्मिएको भनेर गर्व गर्न सक्नुपर्छ । विश्वले बुद्ध दर्शनलाई आदर्शका रुपमा मानेको छ । यसप्रति गर्व गरौँ ।’ काठमाडौँ महानगरका मेयर विद्या सुन्दर शाक्यले धारणा राख्नुभएको छ । आज काठमाडौँ महानगरको वडा १५ किमडोलस्थित किमडोल बहालमा शाक्य धिता नेपालको ध्यान भवन शिलान्यास गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

‘बुद्ध धर्मको मर्मलाई प्रवर्धन तथा प्रचार प्रसार गर्न काठमाडौँ महानगरपालिकाले थेरवादी तथा  बज्रयानी विहारको निर्माण, पुन निर्माण तथा शैक्षिक कार्यक्रम सञ्चालन गर्न सहयोग गरेको छ । बुद्धको दर्शनलाई प्रवर्द्धन गर्न यो सरकारकारतर्फबाट लगानी हो ।’ शाक्यले भन्नुभयो, ‘बुद्ध दर्शनका लागि विश्वका धेरै देशहरूले लगानी गरेका छन् । त्यस प्रकारका लगानी नेपालमै पनि छन् । यस बेला नेपालले पनि लगानी गर्नुपर्छ भनेर हामी अगाडि बढेका हौँ ।’

बहालभित्र करिब ३ हजार ५ सय बर्गफिट क्षेत्रफलमा साढे ३ तले भवन निर्माण हुनेछ । यसका लागि महानगरपालिकाले करिब ७६ लाख रुपैयाँ अनुदान उपलब्ध गराउनेछ । उपभोक्ताको ५ प्रतिशत सहभागिता रहनेछ ।शिलान्यास कार्यक्रममा बोल्दै शाक्यधिताका पदाधिकारीहरूले, महानगरपालिकाबाट प्राप्त सहयोगको प्रशंसा गरेका थिए । महानगरले हामीलाई सरकार भएको अनुभूति दिएको छ । प्राप्त सहयोगलाई हामी उपासक उपासिकाको सहजताका निम्ति पूर्वाधार तयार पार्नेछौँ । उहाँहरूको भनाइ थियो

बुद्ध दर्शनको प्रवर्धन घटेका बेला यस बहालबाट प्रवर्धनका योजना गरिन्थे । प्रचार प्रसार र प्रवर्धनका काम हुन्थे । वहालमा रहनुभएका गुरुमाहरू इन्द्रावती र मेत्तावतीले यसको प्राचीनताको साइनो देखाउनुभयो ।