पछिल्लो २४ घण्टामा थप ६७३४ जनामा संक्रमण पुष्टि


न्युज अफ नेपाल काठमाडौं ।

नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ७ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १४ हजार १४ जनाको पीसीआर परीक्षणमा ५७४७ र ३ हजार ४५१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९८७ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ भने ५४७ जना संक्रमणमुक्त भएका छन् ।  मन्त्रालयका अनुसार अहिले देशभर ३०८७७ जना सक्रिय संक्रमित रहेका छन् ।