महोत्तरीबाट स्रोत नखुलेको ३० लाखसहित एक जना पक्राउ


न्युज अफ नेपाल, महोत्तरी ।

महोत्तरीबाट स्रोत नखुलेको ३० लाख रकमसहित एकजना पक्राउ परेका छन् । मट्टीहानी प्रहरी चौकीबाट नियमित चेकजाँचमा खटिएको प्रहरीले मट्टीहानी-३ बस्ने २३ वर्षीय सहाउदिनको साथबाट उक्त पैसा बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेको ज६प ६९४४ नम्बरको मोटरसाइकलमा सवार सहाउदिनले पिठ्युमा बोकेको कालो झोलाबाट २८ लाख र ज्याकेटको खल्तीमा लुकाएको दुई लाख गरी ३० लाख रुपैयाँ बरामद भएको हो ।

बाइकसहित आरोपित सहाउदिनलाई नियन्त्रणमा लिई आवस्यक कारबाहीका लागि जलेश्वर भन्सार कार्यालय मलिवारा पठाइएको प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।