बालकोटमा शुभ बिहानी पोलिक्लिनिक एन्ड फार्मेसी 


भक्तपुर ।

भक्तपुरको सुर्यबिनायक नगरपालिका २ बाल कोट चोकमा शुभ बिहानी  पोलिक्लिनिक एन्ड फार्मेसी सञ्चालनमा आएको छ । बिहानी बचत तथा ऋण सहकारीले सञ्चालनमा ल्याएको पोलिक्लिनिकको सुर्यबिनायक नगरपालिका प्रमुख वासुदेव थापाले उद्घाटन गर्नुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख वासुदेव थापाले निर्वाचित भए यताको साँढे चार वर्ष पत्रकार,जनसमुदाय ,राजनीतिक दल लगायत सरोकारवाला सबैको सहयोगले नगरपालिकाको विकासमा उल्लेखनीय कार्य गर्न सकेको बताउनुभयो । नगरभित्र आफ्नो कार्यकालमा एक सय एक किलोमिटर सडक पिच गरिएको भए पनि अझै धेरै सडक पिच गर्न बाँकी रहेको बताउनुभयो ।कार्यकालको अन्तिम अन्तिम चरणमा फर्केर हेर्दा आफूले नियत बस कुनै कमजोरी नगरेको बताउँदै भुल बस कमजोरी भएको भए क्षम याचना गर्न पछि नपर्ने बताउनुभयो ।

पोलिक्लिनिक स्थापनाको केही समयभित्रै पूर्ण रूपमा संस्थागत अस्पतालमा परिणत होस् भन्ने कामना गर्नुभयो । उद्घाटन भएसंगै पोलिक्लिनिक सोमबारदेखि सञ्चालनमा आएको छ ।पोलिक्लिनिकका व्यवस्थापक सन्तोष बोगटीले यहाँ जो कसैले पनि सस्तो, भरपर्दो र सुलभ सेवा प्राप्त गर्न सक्ने बताउनुभयो ।पोलिक्लिनिक स्थापनाको केही समयभित्रै पूर्ण रूपमा संस्थागत अस्पतालमा परिणत गरिने लक्ष्य रहेको व्यवस्थापक  बोगटीले बताउनुभयो । एक करोडको लगानीमा सुरु भएको पोलिक्लिनिकले सुलभ र सहुलियत रूपमा गुणस्तरीय स्वास्थ्य सेवालाई प्राथमिकता राखेर सेवा दिने जनाएको छ।हप्ताको सातै दिन खुल्ला रहने यस पोलिक्लिनकले सञ्चालनमा आएको अवसरमा आफ्ना हरेक ग्राहक तथा बिरामीहरूलाई एक महिनासम्म सबै खाले उपचारमा विशेष छुट दिने घोषणा समेत गरेको छ ।

बिशेष होलबडी चेक अपमा  सात हजार पाँच सय लाग्ने शुल्कमा छुट गरी रु तीन हजार पाँच सयमै गरिने भएको छ ।बिहानी सहकारीमा आबद्ध सदस्यहरूलाई भने सँधैका लागि छुटाछुटैको ब्यबस्था गरिएको छ ।पोलिक्लिकमा डिजिटल एक्स–रे, मुटु रोगको जाँच गर्ने इसीजी, अल्ट्रा साउन्ड ,ईको ,ईसिजी,सुगर,प्रेसर,थाईराईड ,मुटु ,महिला ,बाल, तथा लगायतका सबै रागको चेक जाँच हुने पोलिक्लिनिकका व्यवस्थापक सन्तोष बोगटीले बताउनुभयो  । पोलिक्लिनिकमा विज्ञ डाक्टरद्वारा गुणस्तरीय जाँच र परामर्श हुने व्यवस्था गरेको बताइएको छ ।
कार्यक्रममा सुनपा का २ नं.वडाध्यक्ष कमलनाथ आचार्यले पोल क्लिनिकले कोरो संक्रमणको यो बेला अझै प्रभावकारी सेवा प्रवाह गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापति,महासंघका निबर्तमान अध्यक्ष तथा सल्लाहकार पुष्करराज बुढाथोकी,राष्ट्रिय संचार केन्द्रका अध्यक्ष पेशल आचार्य,रफत संचार क्लबका अध्यक्ष शुशिलबन्धु थापा,कृयाशिल पत्रकार मंचका अध्यक्ष रमेश गिरी,पत्रकार महासंघका सहसचिव हेमराज ढकाल,नमस्ते टिभीका प्रमुख ऋषि केश श्रेष्ठ,जनसञ्चार गृहका प्रमुख सुरेश सैंजु ,बाल कोट प्रहरी प्रभागका प्रमुख सई भुवन खड्का लगायत भक्तपुरका सक्रिय पत्रकारहरूको सहभागिता रहेको थियो ।