थप ४,९६१ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

0
Shares

न्युज अफ नेपाल ,काठमाडौं ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ४९६१ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १५ हजार १३१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ४३५ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर २५ हजार ६८० संक्रिय संक्रमित रहेका पनि मन्त्रालयले जनाएकाे छ ।