विद्युत विस्तारको खाल्डोमा परी कलाकार पन्थको निधन


यमलाल भुसाल, बुटवल । 

बुटवलमा मोटरसाइकल दुर्घटनामा परि कलाकार शोभाखर पन्थको निधन भएको छ ।बुटवलको योगि कुटीदेखी मगर घाटतिर जाँदै गर्दा बिद्युत बिस्तारका लागि खनिएको सडकको खाल्डोमा परेर पन्थको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक ठग बहादुर केसीले बताउनु भयो ।

गुल्मी जिल्लाको छत्र कोट गाउँपालिका ३ घर भई सैनामैना नगरपालिका २ सरौलीमा बस्दै आएका पन्थकलाका रीता फांटमा काम गर्नु हुन्थ्यो । बुटवलमा एसआर मुभिज संचालन गदैर् आउनु भएका पन्थले दर्जनौँ गीत छायाङ्कन तथा अभिनय समेत गर्नु भएको छ  ।

पन्थ सवार लु७०प १३५३ मोटरसाइकल गएराती सो खाल्डोमा खसेको र बिहान मनिङ वाकमा हिँड्ने स्थानीयले देखेपछि प्रहरीलाइ खबर गरेका थिए । उनलाइ आज बिहान प्रहरीले उद्धार गरेर अस्पताल पुर्याएको हो । पन्थका श्रीमती १ छोरा छन् ।  श्रीमती गर्भवती अवस्थामा रहेको आफन्तले जनाएका छन  । मृत्यक पन्थको परिवारको अवस्था निकै नाजुक रहेकोले सरकारले क्षतिपूर्ति दिनु पर्ने आफन्तहरूको माग रहेको छ ।