सुर्नयाले पायो एम्बुलेन्स

0
Shares

बैतडी ।

बैतडीको सुर्नया गाउँपालिकामा एम्बुलेन्स सञ्चालनमा आएको छ । प्रदेशसभा सदस्य प्रेमप्रकाश भट्ट ‘आदित्य’ ले एक कार्यक्रमकाबीच गाउँपालिकालाई हस्तान्तरण गरेपछि एम्बुलेन्स सञ्चालनमा आएको हो ।

बैतडी क्षेत्र नं १ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य भट्टले स्वास्थ्य कार्यालयमार्फत गाउँपालिकाका लागि एम्बुलेन्स खरिद गरेर पालिकालाई हस्तान्तरण गरेको बताउनुभयो । खरिद प्रक्रिया शुरु गरेको झन्डै एक वर्षपछि एम्बुलेन्स ल्याइएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टको कथन छ । प्रदेशसभा सदस्य भट्टले प्रदेश पूर्वाधार विकास कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा एम्बुलेन्स खरिदका लागि १२ लाख बजेट विनियोजन गर्नुभएको थियो । सोही बजेटमार्फत स्वास्थ्य कार्यालयले एम्बुलेन्स खरिद गरेको हो । कोरोना भाइरसका कारण एम्बुलेन्स खरिद प्रक्रियामा ढिलाइ भएको बताइएको छ ।

जिल्लाको सुर्नया गाउँपालिकामा एम्बुलेन्स नहुँदा बिरामीलाई सास्ती हुँदै आएको थियो । स्थानीयको मार्कालाई ध्यानमा राखेर एम्बुलेन्सको व्यवस्था गरेकाले अब सहज हुने प्रदेशसभा सदस्य भट्टको विश्वास छ । गाउँपालिकाका लागि एम्बुलेन्स खरिद भएपछि अब अन्यत्र रिफर गर्नुपर्ने आकास्मिक बिरामीका लागि सहज हुने विश्वास गरिएको छ । एम्बुलेन्स नहुँदा निजी सवारीसाधनमा चर्को भाडा तिरेर आकस्मिक अवस्थाका बिरामीलाई अस्पताल लैजानुपर्ने बाध्यता रहेको थियो ।

यो सँगै जिल्लाका ८ वटा स्थानीय तहसँग आफ्नै एम्बुलेन्स भएका छन् । सिगास गाउँपालिका र पुर्चौंडी नगरपालिकामा मात्रै एम्बुलेन्स नभएको स्वास्थ्य कार्यालयले जनाएको छ ।