बतासको होटल रहेको पशुपति धर्मशालाको मन्त्री आलेद्वारा निरीक्षण

0
Shares

काठमाडौं ।

बतास अर्गनाइजेशनले होटल सञ्चालन गरिरहेको पशुपति धर्मशालाको निरीक्षण गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले पशुपति पुगेका छन् । पशुपति धर्मशाला भाडामा लिएर होटल चलाएको भन्दै बतास अर्गनाइजेशनको आलोचना भएपछि त्यसबारे सत्यतथ्य बुझ्न भन्दै मन्त्री आले पशुपति पुगेका हुन् ।

पशुपति पुगेका मन्त्री आलेले आफूले सत्यतथ्य बुझेर आवश्यक निर्णय लिइने बताएका छन् । यस अघि मन्त्री आलेकै निर्देशनमा पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुबेदीको संयोजकत्वमा एक छानबिन समितिसमेत गठन गरिएको थियो ।

बतास समूहले पशुपतिमा रहेको १९ रोपनी जग्गा त्यसमा रहेको ८८ कोठे धर्मशाला भाडामा लिएर होटल सञ्चालन गरिरहेको छ । धर्मशालालाई पशुपति क्षेत्र विकास कोषले होटेले आनन्द प्रालि (बतास समूह)लाई भाडामा दिएको थियो । उक्त समूहले पशुपति मैत्री धर्मशालालाई होटलका रूपमा सञ्चालन गरेको तथा तीर्थालु एवं धार्मिक पर्यटकहरूसँग मनपरी भाडा लिने गरेको आरोप लागेको छ ।