विश्व नम्बर एक जोकोभिच हिरासतमा

0
Shares

मेलबर्न, (एजेन्सी) ।

विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिच अस्ट्रेलियामा दोस्रोपटक हिरासतमा परेका छन् । जोकोभिचका वकिलले जानकारी दिएअनुसार आइतबार यसबारे अस्टे«लियाको एक अदालतमा सुनवाइ हुनेछ । अस्ट्रेलियाली सरकारले उनलाई जनस्वास्थ्यमा खतरा बताएको छ । जोकोभिच विना भ्याक्सिन अस्ट्रेलियामा रहन सक्छन् वा सक्दैनन् अदालतले निर्णय गर्नेछ ।
यसअघि, जोकोभिच अस्ट्रेलियामा इमिग्रेसन मन्त्री एलेक्स हाकले जोकोभिचको भिसा रद्द गरेका थिए । मेलबर्नको एक अदालतले गत सोमबार उनको भिसा फिर्ता गर्न निर्णय लिएको थियो । तर, जोकोभिचको भीसा फेरि एकपटक रद्द गरिएको छ । यसविरुद्ध जोकोभिचका वकिलले अस्ट्रेलियाली सरकारविरुद्ध अदालतमा मुद्दा राखेका हुन् । यसको सुनवाई आज हुँदैछ ।

वर्षको पहिलो ग्रान्डस्लामको रुपमा परिचित प्रतियोगिता अस्ट्रेलियन ओपन सोमबारदेखि मेलबर्न पार्कमा शुरु हुदैछ । यसमा सहभागी हुन् सर्बियाका खेलाडी जोकोभिचले सोही बारसम्म प्रतियोगितामा सामेल हुनुपर्नेछन् । यदि, जोकोभिचले मुद्दा हारेमा उनको भिसा रद्द गरिनेछ र अस्ट्रेलियाको भीसा तीन वर्षसम्मको लागि प्रतिबन्ध पनि गर्न सकिनेछ ।