प्रिन्स योनेक्सको ब्रान्ड एम्बेसडर

0
Shares

काठमाडौं ।

विश्व जुनियर ब्याडमिन्टनमा एक नम्बरमा जम्न सफल नेपाली खेलकुद एवं ब्याडमिन्टनका शान प्रिन्स दाहाल योनेक्स नेपालको ब्रान्ड एम्बेसडरमा छनोट भएका छन् । प्रिन्सलाई सम्मान गर्न काठमाडौंमा आयोजित एक कार्यक्रममा योनेक्सको नेपाली आधिकारिक वितरक संस्था इनासका प्रोपाईटर राजु बास्तोलाले प्रिन्सलाई एक बर्षको लागि नेपालको ब्रान्ड एम्बेसडरमा चयन गरेको बताए । कार्यक्रममा संस्थाले दाहाललाई नगद २ लाखसहित प्रशंसापत्रले सम्मान गरेको थियो ।

प्रिन्सले ब्रान्ड एम्बेसडर भएवापत एक वर्षसम्म आवश्यक योनेक्सका सम्पूर्ण सामग्री प्राप्त गर्ने र प्रयोग गर्नेछन् भने हाललाई एसियाली देशहरूमा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिता जनाउने क्रममा हवाई यातायातको खर्च व्यहोर्ने प्रोपाइटर बास्तोलाले जानकारी गराए । प्रिन्स हालै विश्व ब्याडमिन्टन महासंघले प्रकाशित गरेको वरीयता क्रममा जुनियरतर्फ नम्बर एकमा पुग्न सफल भएका थिए ।