एआरवाईसी र कैलपाल फाइनलमा

0
Shares

बैतडी ।

आयोजक एनआरवाईसी टिम र कैलपाल क्रिकेट क्लब बैतडीको दशरथचन्द नगरपालिका ११ मा जारी टी–१० क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेका छन् । बगलेखान खेलमैदानमा शनिबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा एनआरवासीले त्रिपुरासुन्दरीलाई २७ रनले हरायो । एनआरवासीले ७७ रनको लक्ष्य दिएकोमा जवाफमा त्रिपुराले निर्धारित १० ओभरमा ८ विकेट गुमाउँदै ४९ रन मात्रै बनाउन सक्यो । त्यसअघि, पहिला ब्याटिङ गरेको एनआरवासीको टिम ९.२ ओभरमा ७६ रनमा समेटियो । एनआरवाईसीका लागि ३ विकेट हात पारेका ऋषिकेश बोहरा ‘म्यान अफ द म्याच’ भए ।

यस्तै, दोस्रो सेमिफाइनल खेलमा सिम टिमलाई १० विकेटले स्तब्ध पार्दै कैलपालले पनि फाइनलको यात्रा सुरक्षित गरेको हो । सिमले दिएको ८१ रनको लक्ष्य कैलपालले ७.२ ओभरमा बिना विकेटको क्षतिमा पूरा गर्यो । कैलपालको जितमा नटआउट ४६ रन बनाएका प्रदीप चन्द ‘म्यान अफ म्याच’ चुनिए ।

यी दुवै टोलीबीचको उपाधि भिडन्त आइतबार हुनेछ । प्रतियोगिताको उपाधि विजेतालाई २० हजार, द्वितीय हुने टिमलाई नगद १० हजार प्रदान गरिनेछ । यस्तै, ‘म्यान अफ द सिरिज’लाई २ हजार पुरस्कार दिइनेछ । नागार्जुन रणसैनी युवा क्लव बठ्ठा (एनआरवाईसी) को आयोजनामा पुस २४ गतेदेखि शुरू भएको प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको थियो ।