आजको मौसम : आंशिक देखि सामान्य बदलीको सम्भावना

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणाली नभएको जनाएको छ । विभागका अनुसार अहिले देशका पहाडी भू-भागहरुमा आंशिक बदली रहेको छ भने तराईका केही स्थानहरुमा बाक्लो हुस्सु तथा कुहिरो लागेको छ ।

मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोको मौसम पूर्वानुमान गर्दै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशमा मौसम आंशिक बदली रहने जनाएको छ।

सोमबार भने सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य वदली तथा लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशमा मौसम आंशिक बदली रहने जनाइएको छ ।

आज काठमाडौंको न्यूनतम तापक्रम ४ दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ ।