सुर्खेतमा निसासिएर एकै परिवारका चार जनाको मृत्यु 

0
Shares

सुर्खेत ।

सुर्खेतमा एकै घरका चार जनाको निसासिएर मृत्यु भएको छ । जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१०  बुद्बुदीमा निसासिएर शिवालय गाउँपालिका–४ जाजरकोटका ३५ वर्षीय कल्पा बुढा, उनका आठ वर्षीय छोरा नीरज र नौ वर्षीय अर्का छोरा चीरञ्जीवी सँगै कल्पाकै दाजुको पाँच वर्षीय छोरा सम्राटको निसासिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटना शुक्रवार रातिकै भए पनि शनिवार बेलुका मात्रै  सार्वजनिक भएको थियो । घटनाबारे सूचना पाउने बित्तिकै प्रहरी घटनास्थल पुगेको थियो ।

घरमा कोइला बालेर झ्याल ढोका थुनेर बस्दा उनीहरूको मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।