क्याबिनेट बैठकमा गएका शिक्षामन्त्रीलाई फर्काइयो

0
Shares

काठमाडौं, (नेस) ।

मन्त्रिपरिषद्को बैठकमा सहभागी हुनुअघि एन्टिजेन परीक्षण गर्दा पोजेटिभ देखिएपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई क्याबिनेटको बैठकबाट फर्काइएको छ । यसअघि करिब ६ दिन अघि शुरूमा परीक्षण गर्दा पोजेटिभ र त्यसको लगत्तै केही बेरपछि परीक्षण गर्दा नेगेटिभ आएपछि मन्त्रालय आउन थाल्नुभएका मन्त्री पौडेललाई शुक्रबार पोजेटिभ देखिएको छ ।

मन्त्री पौडेल शुक्रबार मेडिकल कलेजको शुल्क विवादको विषयमा बैठक बसेलगत्तै मन्त्रिपरिषद्को बैठकमा सहभागी हुन प्रधानमन्त्री कार्यालय पुग्नुभएको थियो । प्रधानमन्त्री कार्यालयको गेटमा एन्टिजेन परीक्षण गरेपछि उहाँमा कोरोना पोजेटिभ देखिएको थियो । मन्त्री पौडेलको परीक्षणमा पोजेटिभ देखिएपछि वार्तामा बसेका अधिकांश घरमै आइसोलेसनमा बसेका छन् । मन्त्रीसँगै शिक्षा सचिव यादव कोइरालाई पनि घरमै आइसोलेसनमा बस्नुभएको छ ।

मन्त्रालयका प्रशासन महशाखा प्रमुख युवराज सुवेदी, सहसचिव एवं प्रवक्ता दीपक शर्मालगायत केही कर्मचारीलाई पनि कोरोना देखिएको मन्त्रालय स्रोतले जनाएको छ ।