क्याबिनेट बैठक जाँदै गर्दा मन्त्रीलाई  फर्काइयो

मन्त्रालयका सचिव र दुई सहसचिवलाई कोरोना


ईश्वरराज ढकाल, काठमाडौं ।

मन्त्रीपरिषद्को बैठकमा सहभागी हुनुअघि  एन्टिजेन परीक्षण गर्दा पोजेटिभ देखिएपछि शिक्षा, विज्ञान तथा प्रबिधिमन्त्री देवेन्द्र पौडेललाई क्याबिनेटको बैठकबाट फर्काइएको छ ।

सो लगत्तै करिब ६ दिन अघि शुरुमा परीक्षण गर्दा पोजेटिभ र त्यसको लगत्तै केही बेरपछि परीक्षण गर्दा नेगेटिभ आएपछि मन्त्रालय आउन थाल्नुभएका मन्त्री पौडेललाई शुक्रवार पोजेटिभ देखिएको छ । मन्त्री पौडेल शुक्रवार मेडिकल कलेजको शुल्क विवादको विषयमा बैठक बसे लगत्तै मन्त्रीपरिषद्को बैठकमा सहभागी हुन प्रधानमन्त्री कार्यालय पुग्नुभएको थियो ।

 प्रधानमन्त्री कार्यालयको गेटमा ऐन्टजेन परीक्षण गरेपछि उहाँलाई पोजेटिभ देखिएको थियो ।मन्त्री पौडेललाई पोजेटिभ देखिएपछि वार्तामा बसेका अधिकांश होम आइसोलेसनमा बसेका छन् । मन्त्री सँगै शिक्षा सचिव यादव कोइरालालाई पनि आइसोलेसनमा बस्नुभएको छ ।

 मन्त्रालयका प्रशासन महशाखा प्रमुख युवराज सुवेदी, सहसचिव एवं पवक्ता दीपक शर्मा लगायत केही कर्मचारीलाई पनि कोरोना देखिएको मन्त्रालय स्रोतले जनाएको छ ।