प्रेस चौतारी ललितपुरको अध्यक्षमा आचार्य निर्वाचित 

0
Shares

न्युज अफ नेपाल, ललितपुर । 

प्रेस चौतारी ललितपुरको अध्यक्षमा वालमुकुन्द आचार्य निर्वाचित हुनुभएको छ । बिहीबार आयोजित पाँचौँ जिल्ला अधिवेशनले आचार्यलाई अध्यक्षमा निर्वाचित गरेको हो । कार्यसमितिको सचिवमा अशोक दुलाल,  दुई उपाध्यक्षद्धय  शान्ति घिमिरे र नवीन लुइटेल, सहसचिवद्धय अविन लिम्बु, सन्तोष दाहाल, कोषाध्यक्षमा ईश्वर महर्जन निर्वाचित हुनुभएको छ ।

सदस्यहरूमा सुभानु आचार्य, कल्याण पौडेल, लक्ष्मण दुलाल, सुरेश तामाङ, रवि महर्जन, ज्ञानबहादुर महर्जन, रेखा खुलाल मगर, संगम श्रेष्ठ, नरेन्द्र चालिसे, विद्धान कुलुङ निर्वाचित हुनुभएको छ ।

निर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यलाई केन्द्रीय अध्यक्ष गणेश बस्नेतले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको थियो ।  अधिवेशनमा निवर्तमान कार्य समितिका सह संयोजक अशोक दुलालले ललितपुरको पत्रकारितालाई अघि बढाउन स्थानीय पत्रकारितालाई प्रवर्द्धन गर्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘स्थानीय पत्रकारितालाई अघि बढाउन पत्रकारिता पुरस्कार स्थापनाका लागि अक्षय कोष स्थापना गर्नुपर्छ ।’ सोही प्रस्तावको समर्थन जनाउँदै नेकपा एमालेका प्रदेश कमिटी सदस्य दामोदर खड्काले १ लाख रुपैयाँ अक्षयकोष घोषणा गर्नुभयो ।

एमालेका उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उहाँले  मुलुकको आमूल परिवर्तन गर्न एमाले आबद्ध प्रेस चौतारीका पत्रकारहरूको मुख्य भूमिका रहने बताउनुभयो ।

कार्यक्रममा केन्द्रीय सदस्य एवं प्रचार विभागका उप प्रमुख  विष्णु रिजाल, एमाले पोलिन ब्युरो सदस्य एवं ललितपुर इन्चार्ज सुशीला नेपाल, प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, वरिष्ठ उपाध्यक्ष माधव नेपाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

अधिवेशनमा ललितपुर जिल्लाबाट एमालेको केन्द्रीय सदस्यमा निर्वाचित  सुशीला नेपाल, हरिकृष्ण ब्यञ्जनकार र बावुराम थापा, ललितपुरको आठौं महाअधिवेशनबाट निर्वाचित अध्यक्ष पुरुषोत्तम आचार्य, उपाध्यक्ष प्रेमभक्त महर्जन, सचिव राम राउत, उपसचिवद्धय तारा सञ्जेल श्याम ब्यञ्जनकारलाई सम्मान गरीएको थियो ।

त्यस्तै स्थानीय तह अन्तर्गत ललितपुर महानगर कमिटीका अध्यक्ष मञ्जली शाक्य(आस्था), महांकाल गाउँ कमिटीका अध्यक्ष पुरुषोत्तम हुँमागाई, गोदावरी नगर कमिटीका अध्यक्ष प्रभाकर थापा, महालक्ष्मी नगर कमिटीका अध्यक्ष हरिगोबिन्द श्रेष्ठ, कोञ्ज्योसोम गाउँ कमिटीका अध्यक्ष कविन्द्र लामा  र वागमती गाउँ कमिटीका अध्यक्ष नवराज सञ्जेललाई सम्मान गरिएको थियो ।