एमाले महासचिव पोखरेललाई कोरोना संक्रमण

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा एमालेका महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण भएको छ । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत आफू कोभिडको तेस्रो लहरबाट अछुतो रहन नसकेको जनाएका छन् ।

‘कोभिडको तेस्रो लहरबाट अछुतो रहन सकिएन । अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भो ।’, महासचिव पोखरेलले लेखेका छन् – ‘निर्धारित सबै कार्यक्रम स्थगित गरियो ।’