निर्वाचन आयोगमा आज सर्वदलीय बैठक

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

निर्वाचन आयोगले आज शुक्रबार सर्वदलीय बैठक बोलाएको छ । आगामी राष्ट्रिय सभा र स्थानीय तहको निर्वाचनका बारेमा छलफल गर्न आयोगले बिहान ११ बजे बैठक बोलाएको हो ।

संघीय संसद, प्रदेश संसद र स्थानीय तहमा प्रतिनिधित्व गरिरहेका १७ दललाई बैठकमा सहभागी हुन निमन्त्रणा दिइएको बताइएको छ । बैठकमा आगामी राष्ट्रियसभा निर्वाचन र स्थानीय तहको निर्वाचनको मितिदेखि तयारीसम्मका बारेमा छलफल गर्ने तयारी छ ।

माघ १२ गते राष्ट्रिय सभाका १९ सदस्यका लागि चुनाव हुँदैछ । त्यस्तै आगामी वैशाखमा स्थानीय तहको चुनाव गर्ने आयोगको तयारी छ ।