आजको मौसम : पहाडमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार प्रदेश २ तथा बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ । त्यस्तै पश्चिम तथा मध्य तराइका केही स्थानमा हुस्सु / कुहिरो लागेको छ ।

महाशाखाका अनुसार आज दिउँसो प्रदेश १ र प्रदेश २ तथा सुदूर पश्चिम प्रदेशमा आंशिक बदली तथा देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने भएको छ । प्रदेश १ को पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।

शनिबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली तथा बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।