भारतमा तीव्र रुपमा फैलियाे काेराेना,एकैदिन साढे दुई लाख संक्रमित


न्युज अफ नेपाल, काठमाडौं ।

भारतमा कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिएको छ । पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ४७ हजार कोभिड संक्रमित थपिएका छन् । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या तीव्र बढेको छ ।

भारतमा २८ राज्य र युनियन टेरिटोरिज गरी पाँच हजार ४८८ जनामा ओमिक्रोन देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोभिडबाट ३८० जनाको मृत्यु भएको छ । कोभिडबाट सबैभन्दा बढी केरेलामा १९९ जनाको मृत्यु भएको छ । त्यस्तै, कोभिडबाट सबैभन्दा बढी महाराष्ट्र प्रभावित भएको छ ।

महाराष्ट्रमा ४६ हजार ७२३ जनामा कोभिड देखिएको छ । कोभिडबाट राजधानी नयाँ दिल्ली पनि प्रभावित छ । दिल्लीमा कोभिडबाट पछिल्लो २४ घन्टामा साढे २७ हजारको मृत्यु भएको छ ।