असिनापानीले हिउँदे बालीनाली नष्ट

0
Shares

डोटी, (नेस) ।

डोटीको बडिकेदार गाउँपालिकामा असिना पानीले तरकारी तथा हिउँदेबाली नष्ट गरेको छ । सोमबार तथा मंगलबार परेको असिनाले कृषकले लगाएका काउली, टमाटर, मुला, प्याजलगायतका सागतरकारी तथा फुलेर ढकमक्क भएको तोरी र हिउँदेबालीमा क्षत्री पुर्याएपछि किसान चिन्तित बनेका छन् ।

बेमौसमी वर्षा र असिनाका कारण लाखौं मूल्य बराबरको तरकारी तथा हिउँदेबालीमा नोक्सानी गरेको असिना बडिकेदार गाउँपालिका–४ का स्थानीयबासी बमबहादुर पनाडीले बताउनुभयो । ‘असिनाले फुलेर कोसा लागेको तोरीबाली र तरकारीमा निकै क्षति पुर्याएको छ ।’ –उहाँले भन्नुभयो । पनाडीका अनुसार असिनाले हिउँदे आलु, गहुँ र जौका बोट ढलाएको, पात चुटेर छियाछिया बनाएको छ ।

यसै गरी, भित्र्याउन लागेको अदुवा खेतीलाई पनि असिनाले क्षेती गरेको स्थानीयबासी बताउँछन् । सुन्तला, कागतीका दानालगायतका फलफूल समेत असिनाले झारिदिएको छ ।