पहिरोमा परेर डोजरसहित तीन जना बेपत्ता

0
Shares

धादिङ ।

सडक खन्ने क्रममा पहिरो खस्दा धादिङमा डोजरसहित तीन जना बेपत्ता भएका छन् । जिल्लाको रुबिभ्याली गाउँपालिकाको वडा नम्बर १ तिप्लिङ्गको पुरु नजिकै बाटो खन्ने क्रममा गयराति पहिरो खस्दा डोजर चालकसहित तीन जना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका डिएसपी जागेश्वर भण्डारीले जानकारी दिए । स्काभेटर चालक, सहचालक र एक स्थानिय हराएको तिप्लिङका शिक्षक नरबहादुर घलेले बताए ।

डोजरसहित मान्छे पुरिएको भनेर स्थानीयले प्रहरीलाई खबर गरेपछि उद्धारको लागि प्रहरी त्यस तर्फ लागेको बताइएको छ । धादिङबेसि सदरमुकामबाट दुई दिनको पैदल दुरीमा पर्ने उक्त क्षेत्रमा बिकट गाउँमा सडक पुर्याउन काम भईरहेको थियो । घटनाको विस्तृत विवरण आउँन बाँकी छ ।