काठमाडौं, (नेस) ।
राष्ट्रियसभाको निर्वाचनका साथै स्थानीय तहको निर्वाचनको बारेमा छलफल गर्न निर्वाचन आयोगले शुक्रबार बिहान ११ बजे सर्वदलीय बैठक बोलाएको छ । आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले स्थानीय तह निर्वाचन, राष्ट्रियसभा निर्वाचनका साथै मतदाता नामावली अद्यावधिक गर्नेबारे परामर्श गर्नका लागि सर्वदलीय बैठक बोलाइएको बताउनुभयो । निर्वाचन कानूनमा आयोगले सरकारलाई परामर्श दिनुपर्ने व्यवस्थाअनुरूप परामर्श दिनुअघि आयोगले दलहरूसँग छलफल गर्न लागेको हो ।
सर्वदलीय बैठकमा संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ राजनीतिक दललाई उपस्थित हुन आयोगले पत्राचार गरेको जनाएको छ ।आगामी माघ १२ गते राष्ट्रिसभाका १९ सदस्य पदका लागि उपनिर्वाचन हुँदैछ भने स्थानीय जनप्रतिनिधिहरूको कार्यकाल आगामी जेठ ५ मा सकिँदैछ । निर्वाचन ऐनअनुसार उनीहरूको कार्यकाल सकिनु २ महिनाअघि निर्वाचन गरिसक्नेपर्ने प्रावधान छ । आयोगका पदाधिकारीहरूले गत पुष ९ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आगामी वैशाख १४ र २२ मा स्थानीय निर्वाचन गर्न प्रस्ताव गरिसकेका छन् ।











प्रतिक्रिया