आजको मौसम : यस्तो छ पूर्वानुमान

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायू तथा भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ।

आज दिउँसो प्रदेश १ र प्रदेश २ मा सामान्य बदली रहने र देशका अन्य ठाउँमा आंशिक बदली रहने पनि महाशाखाले जनाएको छ। त्यस्तै प्रदेश १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगको केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ ।

शनिबार भने प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशमा आंशिक बदली रहने जनाइएको छ ।